लाइफ इन्स्योरेन्स तिन महिनामै कमायो चार करोड नाफा

दोस्रो बजारमा भर्खर प्रवेश गरेको रिलायन्स इन्स्योरेन्सले तिन महिनाकै अवधिमा करिव चार करोड नाफा कमाउन सफल भएको छ ।

गत भदौमा साधारण सेयर जारी गरेको कम्पनीद्वारा जारी चालु आर्थिक वर्ष २०७७,७८ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ।

कम्पनीले गत आवको सोही अवधिमा १ करोड ८५ लाख १४ हजार नाफा गरेको थियो। कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ६२।४३ प्रतिशत बढी हो। कम्पनीको खुद बीमा शुल्क रकम बढेपछि नाफा बढ्न पुगेको हो। कम्पनीको खुद बीमा शुल्क रकम गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत बढेको छ।

गत आवको सोही अवधिमा २४ करोड २३ लाख ३७ हजार खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ४६ करोड ५२ लाख ३० हजार आर्जन गरेको छ। कम्पनीले भदौमा सर्वसाधारणलाई सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब १० करोड कायम गरेको छ। कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार संचित छ।

कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रूपैयाँ छ। कम्पनीको महाविपत्ति जगेडा कोषमा १ करोड ९२ लाख २४ हजार छ।
यस अवधिमा कम्पनीले ४ हजार १ सय ३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हालसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय