रोना महामारीले उद्योग व्यवसाय थलिएको बेला वीरगंजमा ४० करोडको लगानीमा अत्याधुनिक कार्पेट उद्योग संचालनमा आएको छ।
वीरगंज–पथलैया औद्योगिक करिडोरको भलुहीमा प्रेस्टिज कार्पेट संचालनमा आएको हो। यो प्रेस्टिज समूहको उद्योग हो। उद्योगका संचालक विनय साहले एक महिना अघिबाट कार्पेट उद्योग संचालनमा आएको जानकारी दिए। कोरोना संक्रमणका कारण उद्योग संचालनमा आउन पाँच महिना ढिला भएको थियो।