काठमाण्डौ । लोकप्रिय गायिक सम्झना भण्डारी र रामजी खाँणको आवाज रहेको निकै दमदार गीत चाँदनी भर्खर मात्र सार्वजनिक भएको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट रहेको छ ।
चर्चित सर्जक सुजन लम्सालको लय तथा शब्द सिर्जना रहेको गीतमा सुनिल परियारको संगीत संयोजन गरेका छन । गीत सार्वजनिक भएपछि विशेष भिडियोको निकै चर्चा चलिरहेको छ ।
गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीको अभिनय रहेको छ भने दमदार नृत्य सहित विक्रम स्वारले निर्देशन गरेका छन । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रया आइरहेको निमार्ण युनिटले बताएको छ ।