किन लम्बियो टी प्लस टूमा जाने योजना ?

शेयर खरिद विक्रि राफसाफ हुने समय तिन दिनबाट घटाएर दुई दिन बनाउने योजना नेप्सेका कारण ढिलो भएको छ । धेरै लगानीकर्ताहरुको मागका आधारण टि प्लस टुमा जान लागिएको थियो ।

यसको जिम्मेवारी पाएको सिडिएससिले सम्पुर्ण तयारी पुरा गरे पनि नेप्सेका कारण लागु हुन नसकेको बताएको छ । कार्यान्वयनमा लैजानु पूर्व सरोकारवालासँग गरिएको छलफलमा नेप्सेले तत्कालै उक्त प्रणालीमा आफू जान नसक्ने प्रतिक्रिया दिएको छ।

दसैँ अघि नेप्सेको अनलाइन कारोबारमा पटक पटक समस्या देखिएको थियो। उक्त समस्याकै बीचमा राफसाफ समय छोट्याँउदा थप समस्या बढ्न सक्ने तर्क गर्दै नेप्से टी प्लस टु कार्यान्वयनबाट पछि हटेको हो। उसले अनलाइन कारोबार पूर्णरुपमा समस्यारहित भएपछि मात्रै उक्त प्रक्रियालाई अघि बढाउन सिडिएससिलाइ अनुरोध गरेको छ। नेप्सेले अनुरोध मात्रै गरेको छैन,ब्रोकर कम्पनीलाई दिँदै आएको डाटा फ्यासिलिटि समेत अब सिडिएसीलाइ नै उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय