काठमाडौं—कोभिडको कारण अन्य सबै क्षेत्रमा असर परेको भए पनि पछिल्लो समय दुई पांग्रे सवारी साधनको व्यापारमा भने सुधार आएको छ । कोभिडको संक्रमण सर्न सक्ने त्रासले कामकाजीहरुका लागि निजी सवारी अनिवार्य भए पछि बाइक, स्कुटर किन्ने बढेका छन् ।
सार्वजनिक यातायात चढेर व्यक्तिगत काम र अफिसमा जाँदा कोरोना सर्न सक्ने भएपछि न्यून आय भएकाले पनि दुई पांग्रे सवारी किनेका छन् । लकडाउनपछि बजार खुले पनि अन्य व्यवसाय तग्रिन नसकेको अवस्थामा सवारीको बिक्री बढेको छ । विशेष गरी दसैं, तिहारको मौकामा अटो बजार चम्किने गथ्र्यो । अहिले कोरोनाले गर्दा वर्षादको समयमा पनि तुलनात्मक रुपमा व्यापार बढेको छ । कोडिभ–१९ले सबै क्षेत्र धरसायी भएका बेला सवारी किन्नको संख्या बढेपछि व्यवसायी उत्साहित छन् । दुई पाङ्ग्रे सवारीको व्यापार लयमा फर्किएको बताउँछन् ।
ग्राहकको आवश्यकतालाई मध्य नजर गर्दै दुई पांग्रे बिक्रेताले जिरो पेमेन्टमा किस्ताबन्दी सहति बाईक बिक्रीका लागि विभिन्न अफर ल्याएका छन् । यसले प्रयोगकर्तालाई पनि राहात मिलेको छ । टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शून्य फाइनान्समा मोटरसाइक र स्कुटर बिक्रीको स्किम ल्याएको छ । त्यसमाथि मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ र स्कुटरमा १० हजार रुपैयाँ नगद छुट दिने अफर पनि समावेश छ ।
डाउन पेमेन्ट गर्ने पैसा नभए पनि शून्य फाइनान्सको स्किम भएकाले स्कुटर खरिद गरेको सहकारीमा काम गर्ने प्रमिला श्रेष्ठले बताइन् । शून्य प्रतिशत व्याजदरमै सुजुकीका मोटरसाइक तथा स्कुटर खरिद गर्न सकिन्छ । भिजी अटोमोवाइल्सले लकडाउनले ग्राहकलाई पारेको आर्थिक असरलाई ध्यानमा राखेर कोरोना विशेष स्किममार्फत स्कुटर बिक्री गरिरहेको छ । सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्नेलाई १५ हजार रुपैयाँ छुट र एक वर्षको किस्तामा खरिद गर्नेलाई शून्य प्रतिशत व्याजदरको सुविधा दिएको छ ।
नेपालमा टीभीएस, बजाज, होण्डा, यमाहा लगायत कम्पनीका बाईक तथा स्कुटर बिक्री गरिरहेका बिक्रेताले ल्याएका स्किमबाट उपभोक्ता पनि लाभान्वित भएका छन् । कम्पनीले स्किम ल्याएपछि बिक्री पनि ह्वात्तै बढेको छ । लामो लकडाउनले व्यापार व्यवसाय ठप्प भएको अवस्थामा सवारीको बिक्री बढेपछि अटो व्यवसायी पनि उत्साहित छन् ।
सामान्य अवस्थामा भन्दा अहिले करिब ३० प्रतिशत बिक्री बढेको हिरो मोटरसाइकलको बिक्रेता ज्योती समूह अन्र्तगतको नेपाल जनरल मार्केटिङले जनाएको छ । भिजी अटोमोवाइल्समा मार्केटिङ हेड समित सिंहका अन्ुसार ग्राहकले दुई वर्षमा किस्ता तिर्छु भनेपनि आधा व्याजदर तिरिदिने व्यवस्था मिलाएको छ ।
कोभिड–१९को कारण अन्य क्षेत्रमा अझै समस्या देखिए पनि अटो बजारमा आशा जागेको नेपाल अटो मोबाइल्स डिलर्श एसोसिएसन (नाडा)का अध्यक्ष कृष्ण प्रसाद दुलालले बताए । विभिन्न कम्पनीहरूले अघि सारेको ग्राहक लक्षित फाइनान्सिङ स्किम प्रभावकारी बनेको छन् । लकडाउनले ठप्प भएको व्यापारलाई गति दिन बिक्रेताले विशेष प्रकारका योजना सार्वजनिक गरेका थिए ।
यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत (०.५) फाइनान्स स्किम छ ।
बजाज कम्पनीले नयाँ स्किम ल्याएको छ । नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । बजाजका १ लाख ६७ हजार ९ सय देखि ५ लाख २९ हजार ९ सय सम्मका १४ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा बिक्री भैरहेका छन् ।