बिष्णु खत्रीको तिहार विशेष गीत बिस्तारै लोकप्रिय बन्दै,दर्शकले भने उत्कृष्ट सिर्जना

निकै उत्कृष्ट शब्द संगीत सहित बागलुङका गायक बिष्णु खत्रीले सार्वजनिक गरेको तिहार बिशेष गीत सबै माझ लोकप्रिय बनेको छ ।

आफ्नो पहिचान अनुसार उत्कृष्ट सिर्जना दर्शक श्रोतामाझ पस्किने खत्रीको दशै गीतलाई पनि दर्शकले अत्यन्तै मन् पराएका थिए ।

गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै गायक खत्रीले दशै गीत जस्तो यो गीतलाई पनि सबैबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।

बिष्णु खत्री,टीका पुन र मुना थापा मगरको आवाज रहेको सो गीतलाई बिष्णु खत्री र कुशल भण्डारीले सिर्जना गरेका हुन् । गीत म्युजिक भिडियो निर्देशन होम गुरुङले गरेका छन् ।

प्रतिक्रिया