आज पनि ५ अंकले घट्यो नेप्से,कारोवार करिव ३ अर्ब नजिक

आज नेप्से ४.५५ अंकको गिरावटसँगै १ हजार ६३६ अंकमा बजार बन्द भएको छ । अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेप्सेमा गिरावट आएको छ ।

आज साताको अन्तिम दिन पनि नेप्से सामान्य अंकले घटेको हो । आज नेप्सेका अघिकांश सूचकहरुमा रातो पोतिएको छ ।

नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने सामान्य छ । आज २ अर्व ८४ करोड भन्दा धेरैको कारोवार भएको छ । बजारमा २ सय कम्पनीहरुको शेयर किनबेच भएको छ भने सानिमा इन्स्योरेन्स लगायत ४ कम्पनीहरुमा सकारात्मक सर्किट लेभलमा कारोवार भएको छ ।

आज पनि प्राइम कर्मशियल बैकको सबै भन्दा धेरै कारोवार भयो भने सानिमा इन्स्योरेन्सको सबै भन्दा धेरै माग भयो ।

प्रतिक्रिया