नेपाली शेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरु थपिदै गएका छन । करिव ४ लाखको हाराहारीमा रहेका संक्रिय लगानीकर्ताहरुको संख्या अहिले करिव दश लाख पुगेको अनुमान छ ।
जति धेरै लगानीकर्ता हुन्छन त्यतिनै लगानीका स्रोतहरु बढ्दै जान्छन । नेपालमा नेप्सेमा भएको अनलाइन सहजताको कारणले नयाँ लगानीकताहरुको आकर्षण बढिरहेको अनुमान लगाउन सकिन्छ ।
यसै विच यहि कात्तिक २७ गतेबाट नयाँ कम्पनीको आइपिओ आउने भएको छ । मान्टेन इनर्जिले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर सार्वजनिक गर्दै छ । लगानीकर्ताहरुले मंसिर २ सम्म आवेदन दिन सक्ने छन ।
हाइड्रोपावरमा लगानीकर्ताको पछिल्लो समय निकै कम रुचि हुने गरेको छ । तर केहि समय यता हाइड्रोपावरहरुमा देखिएको रौनकले यो कम्पनीको शेयरमा पनि लगानीकर्ता झुम्मीने अनुमान धेरैले गरेका छन । सो कम्पनीको बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।