एकै परिवारका दुई दाजु भाई मृत फेला

विगत दुई दिन देखि बेपत्ता भइरहका दाजुभाई आज मृत फेला परेका छन ।

नवलपरासी नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । उनीहरु केहि दिन अघिबाट हराईरहेका थिए । प्रहरी उपरीक्षक प्रकाश मल्लले दिएका जनाकारी अनुसार उनीहरु मृत फेला परेका हुन ।

उनीहरुको शव स्थानीय जलश्री खोलामा फेला परेको हो । उनीहरु हराएको उजुरी पछि प्रहरीले खोजि गर्नेक्रममा उनीहरु फेला परेका हुन ।

के कति कारणले घटना भयो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय