अमेरिकी राष्ट्रपति निर्वाचनमा वाइडेनको अग्रता, अदालत जाने ट्रम्पको धम्की

काठमाडौं–काठमाडौं–विश्व समुदायले चासोका साथ हेरिरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

अहिलेसम्मको मतगणना अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् । वाइडेन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प भन्दा ५० इलेक्टोरल मतले अघि रहेका छन् ।

बाइडनले २६४इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । अहिलेसम्मको नतिजा सार्वजनिक हुँदा बाइडनले केही अग्रता लिएका छन् ।

अहिलेसम्मको मत परिणामबाट बाइडनले उत्साहित भएका छन् भने ट्रमले केही राज्यमा धाँधली भएको आरोप लगाउँदै अदालत जाने चेतावनी दिएका छन् । राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल भोट चाहिन्छ । मिशिगन राज्यमा बाइडनले जिते उनी विजय हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय