गगन थापाले प्रधानमन्त्रीलाई भने–‘अझ राजीनामा दिए देश डुब्छ रे । निर्लज्जता !’

काठमाडौ–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्जता देखाएको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँदो आफूले राजिनामा दिए डुब्ने र अप्ठयारो पर्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको भनाईप्रति टिप्पणी गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले व्यंग गर्दै सामाजिक सञ्जालमा लेखका छन् –‘ अझ राजीनामा दिए देश डुब्छ रे, निर्लज्जता !’

पूर्व स्वास्थ्य मन्त्री रहेका शर्माले प्रधानमन्त्री राजनीतिक जोडघटाउनमा लागेर कोरोना पीडितको उपचार नगरी शुल्क तोक्नमा मस्त रहेर असंवदेशील भएको टिप्पणी गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘प्रधानमन्त्रीज्यू पार्टीभित्रको जोडघटाउमा व्यस्त, स्वास्थ्य मन्त्रीज्यू उपचारको शुल्क तोक्नमै मस्त। यस्तै असंवेदनशीलता र विवेकहिनताकै कारण फ्रन्टलाइनका स्वास्थ्यकर्मी सुरक्षा नपाएर राजीनामा दिने,उपचार पाउन सक्ने बिरामी उपचार नपाएर मर्नुपर्ने अनि अवस्था आएको छ । अझ राजीनामा दिए देश डुब्छ रे । निर्लज्जता !’

प्रतिक्रिया