नेप्से र कारोवार आज सामान्य घट्यो,प्राइम बैकमा लगानीकर्ताको आकर्षण

आज बुधवार नेप्से करिव तिन अंकको गिरावट सँगै १ हजार ६४० अंकमा बजार बन्द भएको छ । नेप्सेमा आएको गिरावटसँगै कारोवार रकम समेत घटेको छ ।

आज लगानीकर्ताहरु बैक र जलविद्युतमा बढि आकर्षित भए भने विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाए । विशाल बजार र सानिमा इन्स्योरेन्सको सकारात्मक सर्किटमा कारोवार भयो ।

आज एक अर्ब ७५ करोड भन्दा धेरेको कारोवार भएको छ । २०२ कम्पनीहरुको ५६ लाख भन्दा धेरै शेयरको खरिद विक्रि भएको छ । मंगलबार नेप्से सामान्य अंकले बढेको थियो भने बुधवार केहि घटेको छ । आज प्राइम कर्मसियल बैकको सबै भन्दा धेरै कारोवार भएको छ ।

प्रतिक्रिया