नयाँ नक्सा सार्वजनिकहुने क्रममा नेपालको चर्को आलोचना गरेर चर्चामा रहेका रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनलाई आत्महत्या दुरुत्साहन केसमा नियन्त्रणमा लिएको हो । उनले सन २०१८ मा एक जना इन्टेरियर डिजाइनर र उनकी आको आत्महत्या प्रकरणमा उनी गिरफ्तार भएका हुन ।
उनलाई कार्यालय परिसरबाटै प्रहरीले गिरफ्तार गरेको रिपब्लिक टिभिले जनाएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार सन् २०१८ को इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमाको आत्महत्या प्रकरणमा पत्रकार अर्नबलाई गिरफ्तार गरिएको हो । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय र उनकी आमा कुमुद सन् २०१८ मा घरमै मृत भेटिएका थिए ।