सानिमा इन्स्योरेन्सको दोस्रो बजारमा, कतिमा भयो कारोवार ?

सूचिकृत भएको सानिमा इन्स्योरेन्सको दोस्रो बजारमा आज प्रि ओपनिङ सेसन अन्तर्गत ३ सय ११ रुपैयाँमा कारोवार भएको छ ।

सो कम्पनीको २० कित्ता शेयरको कारोवार भएको छ । नेप्सेमा सुचिकृत भएको पहिलो दिन प्रि ओपनिङ सेसनमा कारोवार हुनु जरुरी छ । सो कम्पनीको मंगलबार मात्र नेप्सेमा सूचिकृत भएको थियो ।

३० लाख कित्ता शेयर सर्वसाधारणको लागी निस्कासन गरेको सो कम्पनीको आइपिओमा अहिले सम्मकै धेरै लागानीकर्ताहरुले आवेदन दिएका थिए ।

प्रतिक्रिया