काठमाडौं–कोभिडको कारण मृत्यु हुनेको संख्या दिनानुदिन वृद्धि भैरहेको छ । कोरोनाको कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।
अस्पतालमा उपचाररतको क्रममा आज विहान मृत्यु भएको हो । सीता निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
सीतालाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । २०१८मा जन्मिएकी सीताको अल्पायूमा नै निधन भएको छ ।