साताको तेस्रो दिन नेप्से करिव ६ अंकले बढेको छ । आज ५.४० अंकले बृद्धि भएको हो । साथै आज सेन्सेटिभ इन्डेक्स समेत बढेको छ । १ हजार ६ सय ४३ अंकमा नेप्से पुगेर बजार बन्द भएको छ ।
अंकमा नेप्से बढेका पनि कारोवार रकम भने हिजोको तुलनामा घटेको छ । आज १९८ कम्पनीहरुको दुई अर्व २३ करोड भन्दा धेरैको कारोवार भएको छ । आज चार कम्पनीहरुको सकारात्मक सर्किटमा कारोवार भएको छ ।
विशाल बजार कम्पनीका शेयर धनिहरुले आज सबै भन्दा धेरै कमाएका छन भने महालक्ष्मी विकास बैकका लगानी कर्ताहरुले सबै भन्दा धेरै गुमाएका छन । नेपाल दुरसञ्चार कम्पनीको आज सबै भन्दा धेरै कारोवार भएको छ ।