काठमाडौं—कोभिडको कारण राजस्व संकलनमा गिरावट आएपछि सरकारलाई दैनिक प्रशासनिक खर्च चलाउन हम्मे परेको छ । लक्ष्य अनुसार राजस्व संकलन नभएपछि सरकारले खर्च चलाउन नेपाल राष्ट्र बैंकमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ ।
चालु आर्थि वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य लिएको छ । ३० अर्ब ऋण उठाइसकेको नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाा ऋण उठाउन लागेको हो । ऋणको व्याज बोलकबलबाट लिने राष्ट्र बैंकले जनाएको छ । ऋण पत्र व्यक्ति वा संस्थाले खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार विकास ऋण पत्र मार्फत ऋण उठाउन लागिएको हो ।
सरकारको सोमबारसम्म दुई खर्ब २९ अर्ब ५० करोड रुपैयाँ खर्च भएको भने राजस्वलगायत विभिन्न स्रोतबाट दुई खर्ब २५ अर्ब ५० करोड रुपैयाँमात्र संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखाका अनुसार संकलन भएको राजस्व भन्दा ४० अर्ब रुपैयाँ खर्च भएको छ ।