धौलागिरि अस्पताल बागलुङमा कोरोना संक्रमित पुरुषको ज्यान गयो

बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका आज ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

कात्तिक १२ गते देखि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । उनी गम्भीर विरामी भइ अस्पताल भर्ना भएका थिए । पछि कोरोना परिक्षण गर्दा संक्रमण देखिएको थियो । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।

धौलागिरी अस्पतालमै भएको यो पहिलो मृत्युको घटना हो । उहाँलाई थाइराइड र मृर्गौलाको समस्या थियो । दुवै मृर्गौलाले काम गर्न छाडे पछि उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।

उनी अस्पताल जाँदा नै गम्भीर स्वाशप्रश्वास सम्बन्धी देखिएको थियो । कोरोनाबाट मृतक व्यक्तिको नेपाली सेनाले दाह संस्कार गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले बताए ।

गण्डकी प्रदेशमै पहिलो संक्रमितको उपचार गरेको धौलागिरि अस्पतालमा कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको हो ।

प्रतिक्रिया