विष्णु माझी र रोशन गैरेले आवाज दिएको गैरी खेतैमालाई ५० लाख दर्शक

लोकप्रिय सर्जक रोशन गैरेले सिर्जना गरेको गीत गैरी खेतैमाले छोटो समयमै पचास लाख दर्शक बनाउन सफल भएको छ ।

नेपाली लोकदोहोरीकै चर्चित गायिका विष्णु माझी र रोशन गैरेले आवाज दिएको सो गीतलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया सहित यतिधेरै माया दिनुभएको हो ।

रोशन गैरेको उत्कृष्ट शब्द तथा कृष्ण सापकोटाको लय सिर्जना रहेको सो गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । राजिभ समरको निर्देशन रहेको सो गीतमा सागर लम्साल र जुना सुन्दासको अभिनय रहेको छ ।

गीतलाई दर्शकको अत्यधिक माया मिले पछि हामीसँग कुरा गर्दै गायक तथा सर्जक रोशन गैरेले आफुलाई गीतको सफलतासँगै दर्शक स्रोताबाट हौसला र प्रेणा मिलेको बताउनु भयो । गीतले माया प्रेममा विछोड हुने मायालु जोडिको कथालाई विषयबस्तु बनाएको छ ।

प्रतिक्रिया