प्रतिष्ठित उद्योगपति के.सी.को अल्पायुमा निधन

पोखरा– प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसीको अचानक निधन भएको छ । प्रतिनिधि सभाका सदस्यसमेत रहेका ६३ वर्षीय के.सी.को सोमबार निधन भएको परिवारले जनाएका छन् । सुगर र प्रेसरको समस्याबाट पीडित के.सीको पोखरा स्थित आफ्नै निवासमा निधन भएको हो ।

के.सी रारा चाउचाउका सञ्चालक हुन् । के.सी.ले दक्षिण एसियामा नै पहिलो पटक चाउचाउ उद्योग सुरु गरेका थिए । त्यसपछि नेपालमा खाजाको रुपमा चाउचाउ खाने संस्कृतिको विकास भयो । के.सी.जलविद्युत, बैंकिङ, खाद्य क्षेत्रमा लगानी रहेको छ ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी पछिल्लो समय नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका थिए ।

प्रतिक्रिया