काठमाडौं–बीमा कम्पनीले सुरुमा आकर्षक प्याकेज ल्याए । आम नागरिकले कोभिड–१९को बीमा प्याकेजमा सहभागी भए ।बीमा गरेका बिमित अहिले बीमा बापतको रकम नपाएर भौंतारिइरहेका छन् । बीमा कम्पनीले ल्याएको स्किममा १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । त्यसबाट बीमा कम्पनीले एक अर्ब संकलन गरेका छन् ।
तर, अर्बौैं रुपैयाँ संकलन गरेको भए पनि कोरोना संक्रमित भएका बिमितले रकम पाएका छैनन् । अहिलेसम्म एक हजार चार सय ४१ जना कोरोना संक्रमितले मात्र भुक्तानी पाएका छन् । १३ हजार संक्रमितले भुक्तानीको दाबी गरेको भए पनि कम्पनीले विभिन्न बहाना बनाएर भुक्तानी दिएका छैनन् ।
कोभिडको परीक्षण गर्दा संक्रमण भएको कागजात पेश गरे पनि कम्पनीले अल्झाइरहेका छन् । बीमा कम्पनीले १७ लाख ७० हजार जनाबाट एक अर्ब एक करोड रुपैयाँ संकलन भएको र अहिले दाबी गरेको १३ हजारका लागि एक अर्ब २८ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएपछि बहाना बनाएका हुन् । अपुग भएको करम बिमा समितिबाट थप एक अर्ब रुपैयाँ, बीमा कम्पनीको महाविपत्ति कोषबाट ५० करोड दिने निर्णय भएको भए पनि बीमा कम्पनीले बिमितलाई रकम दिन आनाकानी गरेपछि बीमा कम्पनीको आलोचना भएको छ ।
बिमक संघका महासचिव चंकी क्षेत्रीले भुक्तानी प्रक्रियामा रहेको बताए । बीमा कम्पनीको नियामक निकाय बीमा समितिले कोभिडको स्किममा दाबीको भुक्तानी गनुपर्ने जनाएको छ ।