काठमाडौं–कोभिडको कारण अधिकांशले रोजगारी कटौती गरेका छन् । नयाँ परियोजना नआउँदा रोजगारीका अवसर सृजना हुन सकेका पनि छैनन् । तर, अमेरिकाको एक कम्पनीले कोरोना कहरबीच करिव तीन लाख कर्मचारी थपेको छ ।
जुन कम्पनीका कर्मचारी नेपाल सरकारका कर्मचारी भन्दा धेरै छन् । अनलाइन सपिङमा कम्पनी अमेजनमा कर्मचारीको संख्या १० लाख नाघेको छ ।
नेपाल सरकारका सरकारी कर्मचारी करिब पाँच लाख छन् । ती मध्ये तीन लाख ९८ हजार निजामति कर्मचारी, शिक्षक, प्रहरी, सेना लगायत रहेका छन् । निजामति कर्मचारी, ७४ हजार आठ सय ५८, शिक्षक एक लाख ५३ हजार ५ सय २३, नेपाली सेना ९७ हजार, जनपथ प्रहरी ७३ हजार रहेका छन् ।
अमेजनका कर्मचारी नेपालका सरकारका कर्मचारी भन्दा करिब दोब्बर बढी रहेका छन् ।
विश्वभर कोरोनाको कारण मानिसहरु घर भित्र सिमित रहँदा अनलाइन सपिङ ह्वात्तै बढेको छ । अमेजन अनलाइन सपिङ कम्पनी हो । अमेजनले घर घरमा सामान डेलिभरी गर्ने भएकाले यसको लोकप्रियता बढ्दै गएको छ । घरमा सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराएकाले ग्राहकको मन जित्न सकेको अमेजनको दाबी छ ।
कोभिड संक्रमण पछि व्यापार विस्तार गर्ने क्रममा तीन महिनाको अवधिमा दुई लाख ५० हजार कर्मचारी थपेको अमेजनको आर्थिक विभागका प्रमुख ब्रियान ओल्स्भास्कीले सञ्चार माध्यमलाई बताएका छन् । वासिङटन पोष्टका अनुसार गत अक्टोबरमा एक लाख कर्मचारी थपेको थियो । पोहोर सात लाख पचास हजारको संख्यामा रहेको कर्मचारी संख्या बढाएर १० लाखभन्दा बढी पुगेको छ । अमेजन भन्दा वालमार्ट अझै धेरै कर्मचारी रहेका छन् ।(एजेन्सीको सहयोगमा )