साताको दोस्रो दिन नेप्से आज पनि घटेको छ । आइतवारको तुलनामा यो दिन कारोवार पनि घटेको छ ।
आज ३.३३ अंकले नेप्सेमा गिरावट आएको छ । आज दुई अर्व ४५ करोड भन्दा धेरैको कारोवार भएको छ । आज लगानी कर्ताहरु वित्त र जलविद्युतमै झुमिए भने विगतमा देखिएको बैकको आकर्षण केहि घटेको देख्न सकिन्छ । आज विशाल बजार कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा धेरै कमाए । यो लगायत अन्य चार कम्पनीहरुको पनि सकारात्मक लेवलमा कारोवार भएको छ । आज जनर इन्स्योरेन्सका लगानीकर्ताहरुले धेरै गुमाए ।
आइतवार नेप्से घटे पनि कारोवार रकम भने तिन अर्व माथी पुगेको थियो तर सोमवार भने कारोवार झन्डै एक अर्बले घटेको छ । राजनितिक उथलपुथल र नेकपा विवादले समेत शेयर बजारमा असर गरेको जानकारहरु बताउछन ।