भन्सार र राजस्वमा सरुवा हुन चलखेल, अर्थमन्त्री पौडेलको पहुँच प्रयोग गर्दै

काठमाडौं– मुलुक सञ्चालनका लागि स्रोत जुटाउने राजस्व तथा भन्सार कार्यालय निजामति कर्मचारीका लागि आकर्षक कार्यालय मानिन्छन् । मुलुकका विभिन्न भन्सार तथा कर कार्यालयका प्रमुखको अवधि दुई वर्ष पुगिसकेकाले अर्थ मन्त्रालयले करिव एक दर्जन बढी प्रमुखको सरुवा गर्ने तयारी गरेको छ ।

आकर्षक मानिने मालदार कार्यालयमा जान कर्मचारीबीच चलखेल सुरु भएको छ । नेकपा निकटका कर्मचारीले अर्थमन्त्री विष्णु पौडेललाई पनि भनसुन गरेका छन् ।

राजश्व शाखाका उपसचिव चण्डी घिमिरले सूची बनाइरहेका छन् ।

अर्थमन्त्री पौडेलको पहुँच प्रयोग गरेर आकर्षक कार्यालयमा जाने तयारी गरेका छन् । निजामती सेवा नियमावली नियमावलीको नियम ३६ को उपनियम १(ख) अनुसार ‘मन्त्रालय वा मन्त्रालयस्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा’ सरुवा गरी सकिसक्नु पर्ने व्यवस्था भए पनि अहिलेसम्म सरुवा भएको थिएन ।

अर्थमन्त्री पौडेलले निर्देशन अनुसार अर्थ सचिव शिशिर ढुङ्गाना, राजश्व सचिव रामशरण पुडासैनी, प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम भण्डारी र राजश्व शाखाका उपसचिव चण्डी घिमिरले सूची बनाइरहेका छन् । अर्थमन्त्रालयले भरतपुर, जनकपुर, पुतली सडक, त्रिपुरेश्वर, न्यूरोड, सिमरा, हेटौडा कर कार्यालय, भैरहवा र केरुङ भन्सारको पनि सरुवा गर्ने गृहकार्य गरेको छ ।

मन्त्रालयका बसेर काम गरेका उपसचिवहरू पनि विभिन्न कार्यालयमा प्रमुख भएर जाने तयारी गरिरहेका छन् । त्यसमा अर्थका उपसचिव गोपाल कोइराला, दुर्गा भण्डारी, दिलीप अधिकारी, राजकुमार खतिवडा, तीर्थ चिलवाल र चण्डी घिमिरे लगायतले विभिन्न कार्यालयमा प्रमुख भएर जान लविङ गरिरहेका छन् । आफू अनुकुलका कर्मचारीलाई भन्सार तथा कर कार्यालयमा सरुवा गर्न व्यापारीदेखि राजनीतिक नेतासम्म सक्रिय भएका छन् ।

प्रतिक्रिया