सुर्य खड्का, अमित र अन्य कलाकारहरु जापानमै यसरी देउसी गाय

विजय दशमी विदा भएर गएसँगै नेपालीहरुको अर्को महान पर्व शुभ दिपावली सबैको घरघरमा आँउदैछ । देउसी भैलो गाउने र रमाइलो गर्ने यो बर्षलाई लक्षीत गर्दै कलाकारहरुले नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन ।

यसै अवसरमा जापानमा रहेका कालाकारहरुले समेत देउसी भैलो गीत सार्वजनिक गरेका छन । लोकप्रिय गायक सुर्य खड्का र अमित सापकोटाको टिमले निकै उत्कृष्ट गीत सार्वजनिक गरेका छन ।

अर्जुन सुवेदीको शब्द तथा सुर्य खड्काको लय सिर्जना रहेको सो गीतलाई याम थापाले संगीत संयोजन गरेका छन । सुर्य खड्का,अमित सापकोटा,सोना केसी,समुन्द्र राज पौडेल लगायत अन्य कलाकारहरुले गीतमा आवाज दिएका छन ।

प्रतिक्रिया