उत्कृष्ट प्रतिक्रिया सहित घडी २ लाई दश लाख दर्शक

दोहोरीमा लोकप्रिय गायक रविन लामिछानेको पछिल्लो गीत घडी २ लाई दर्शक स्रोताले अचम्म माया गरेका छन । गीतलाई सार्वजनिक भएको छोटो समयमा दश लाख दर्शकले हेरीसकेका छन ।

प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले भर्खर मात्र सार्वजनिक गरेको सो गीतलाई सामाजिक सञ्जालहरुमा धेरैले उत्कृष्ट गीत भनेर प्रतिक्रिया दिएका छन । साथै टिकटकमा समेत गीतका धेरै भिडियो बनाइएका छन ।

रविन लामिछाने र देवी घर्तिको आवाज रहेको सो गीतलाई निकै उत्कृष्ट शब्द सहित लय समेत गायक स्वयमले बनाएका छन । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

अहिलेकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको सो गीतमा रविन लामिछाने र जुना गुरुङको अभिनय रहेको छ । यो समाचार तयार पार्दा सम्म गीतलाई करिव ३ हजार दर्शकले प्रतिक्रिया दिएका छन । सामाजिक सञ्जालमा समेत गीतका धेरै भिडियोहरु भाइरल जस्तै भएका छन ।

प्रतिक्रिया