अघिल्लो साता रौनक आएको नेप्सेमा यो हप्ताको पहिलो दिन भने ओरालो यात्रा सहित सुरु भएको छ । आज नेप्से ४ दशमलव ७४ अंकले गिरावट आएको छ ।
आज आइतवार नेप्से र कारोवार दुवै घटेको छ । गत साताको अन्तिम विहिवारको तुलनामा आज कारोवार घटेको छ । नेप्से घटे पनि आज चार कम्पनीहरुको सकारात्मक सर्किटमा कारोवार भएको छ । विशाल बजार कम्पनीका शेयर सदस्यहरुले आज सबै भन्दा धेरै कमाए भने सानिमा इक्युटी फन्डका लगानी कर्ताहरुले धेरै गुमाए ।
आज १९६ कम्पनीहरुको ९१ लाख भन्दा धेरै शेयरको २ अर्व ९३ करोड भन्दा धेरैको कारोवार भएको छ । आज पनि जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मीएको देखिन्छ ।