आफैले जन्म दिएको छोरो कुट्दा आमाको ज्यान गयो

संसारमा सबैभन्दा ठुलो आमा हो भन्ने कुरा धेरै ठाँउमा देख्न पाइन्छ । आमा बुबालाई भगवानको रुपमा पनि लिने गरिन्छ । जन्म दाता आमा प्रति सबैको माया र स्नेह हुने गर्दछ ।

तर यहि समाजमा यस्ता मान्छेहरु पनि छन जसले तिनै भगवानरुपी आमालाई कुटिकुटि ज्यान लिन्छन । यस्तै कहाली लाग्दो घटना भर्खर बाहिएको छ । केहि दिन अघि बुहारीलाई बोक्सी लगाएको भन्दै पापी छोराले आफ्नै आमालाई कुटेर ज्यान लिएका हुन ।

घटना केहि दिन पहिलाको हो उपचारको क्रममा आमाको अहिले अस्पतालमा ज्यान गए पछि यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । घटना कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

दुई छोरालाई जन्म दिएकी सुदामा सबै छुट्टीएर बसे पछि पछिल्लो समय एक्लै बस्दै आएकी थिइन । छोराले कुटपिट गरे पछि घाइते भइकी उनलाई उपचारको लागी स्थानीय अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया