कर्णालीमा केपी ओलीलाई झड्का, मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्री हटाउने

सुर्खेत–आफ्नै पार्टीका सांसदले अविस्वासको प्रस्ताव दर्ता गरे पछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिमण्डल हेरफेर गर्न लागेका छन् ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताले अविस्वासको प्रस्तावबाट आफूलाई हटाउने रणनीति बनाएपछि शाहीले ओली पक्षका मन्त्रीलाई हटाउन लागेका हुन् । यसले शक्तिसाली नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमाथि झड्का दिएको राजनीतिक विश्लेषकले बताएका छन् ।

शाही विरुद्ध अविस्वास प्रस्ताव आएपछि नेकपाका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याएर अविस्वासको प्रस्ताव मुख्य मन्त्री शाहीले फेल गराएका थिए । आफूलाई मुख्यमन्त्रीबाट जोगाउन सहयोग गर्ने माधव नेपाल पक्षकालाई शाहीले मन्त्री बनाउन लागेका हुन् ।

ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ ।

आफूलाई मन्त्रीबाट हटाउने सूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्याग गरेको घोषणा गरेका छन् । आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए ।

प्रतिक्रिया