बेलायतमा रहेका राजनको 'हरहर महादेव'लाई दश लाख दर्शक

काठमाडौं — नेपालीहरूको ठुलो पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।

लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीले करिब दुई हप्ता पहिले सार्वजनिक गरेको नयाँ गीत 'हरहर महादेव'ले छोटो समयमै दश लाख दर्शक बनाउन सफल भएको छ। यस गीतमा माया प्रेमलाई धर्मसँग जोडेर प्रस्तुत गरिएको छ। कार्यक्रमको सिलसिलामा बेलायतमा रहेका कार्कीले गीतको सफलताबाट हर्षित भएको बताउँदै सम्पूर्ण दर्शकलाई आभार व्यक्त गरेका छन्।

राजन कार्कीकै लय तथा शब्द सिर्जना रहेको यस गीतमा कार्कीलाई आवाजमा जीवन दाहाल, कमला सुनार, र शान्ता बर्देवाले साथ दिएका छन्। गीतलाई याम थापा मगरले संगीत संयोजन गरेका छन्।

गीतको भिडियो पनि निकै राम्रो बनेको छ। भिडियोलाई रमणीय स्थानमा कुमार केसीले निर्देशन गरेका छन् भने तेजश रेग्मी र अस्मिता रनपालको मुख्य भूमिका रहेको छ।

 

प्रतिक्रिया