कोभिड संक्रमित कांग्रेस नेता विश्वकर्माको स्वास्थ्य गम्भिर

काठमाडौं– कोभिड–१९बाट संक्रमित बनेका नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माको स्वास्थ्य गम्भिर देखिएको छ । विश्वकर्माको फोक्सोमा निमोनिया भएको र श्वासप्रश्वासमा समस्या देखिएको छ । उनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य गम्भिर भएपछि नेपाली कांग्रेसले विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग सांसद विश्वकर्माको उपचारमा गम्भीर बन्न आग्रह गरेका हुन् । विश्वकर्मा संक्रमित भएर पहिला वीर अस्पतालमा उपचार भएको थियो । समस्या बढे पछि बढी भएपछि अहिले ग्राण्डी अस्पतालमा उपचाररात भैरहेको छ ।

कांग्रेसका प्रमुख सचेतक खाणले शनिबार प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाललाई टेलिफोन गरी विश्वकर्माको उपचारमा गम्भीर बन्न अनुरोध गरेका हुन् ।

 

प्रतिक्रिया