जीवन र गणेशको "कालि तरे है" लाई दर्शकको औधि माया - भिडियो सहित

काठमाण्डौ । परदेशमा रहेर पनि छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहुमुखी प्रतिभाका धनी सर्जक तथा गायक जीवन कँडेलको नयाँ गीत काली तरे है दर्शक स्रोताको रोजाइमा पर्न सफल भएको छ । 

निकै मौलिक शब्द तथा सुमधुर लय रहेको गीतमा जीवन कँडेलको लय तथा शब्द सिर्जना रहेको छ । गीतमा गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर रहेको छ भने भिडियोमा गणेश अधिकारी र सारिका केसीको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन मोडल स्वयम् गणेश अधिकारीले गरेका छन् । 

गीतलाई छायांकन सुरेश श्रेष्ठ र सम्पदान शिव पौडेलले गरेका छन् र मेकअप श्याम मल्लको रहेको छ। उक्त गीत जीवन साथी  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रियाहरू आइरहेको सर्जक कँडेलले आर्थिक सन्देशलाई बताउनु भयो । 

 

प्रतिक्रिया