काठमाडौं– कोभिड–१९को संक्रमण तिब्र रुपमा फैलिरहेका बेला उपचार नपाएर मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । सरकारले बेहोस भएपछि मात्र अस्पताल आउन निर्देशन जारी गरे पछि धेरै विरामी घरमै आइसोलेसनमा छन् ।
आइसोलेसनमा बसिरहेको अवस्थामा अहिलेसम्म ३५ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । उपचार नपाएर संक्रमितको मृत्यु भएको हो । ती विरामी अस्पताल ल्याएर उपचार गर्न सकेको भए बाँच्न सक्ने चिकित्सकहरु बताउँछन् ।
अनुसार घरमै मृत्यु हुनेहरू चारदेखि एक सय आठ वर्षसम्मका छन् । समयमा उपचार पाउन सकेको भए उनीहरूमध्ये धेरैको ज्यान बच्न सक्थ्यो । कोरोना भाइरसले फोक्सोलाई तीव्र गतिमा क्षति पु¥याउने भएकाले संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुन्छ । चिकित्सकका अनुसार यस्तो अवस्थामा तत्काल आइसियू–भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुन्छ । तर, अहिले अस्पतालमा यस्तो सेवा पाउन निकै कठिन छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म नौ सय चारजनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये करिब ६५ प्रतिशत वृद्धवृद्धा छन् । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले आइसियूभन्दा पनि कोरोना संक्रमितलाई अक्सिजन आवश्यक परेको बताए । मुलुकभर १२५ सरकारी र निजी क्षेत्रका तीन सय ३६ गरी जम्मा चार सय ६१ अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा २७ हजार मात्रै बेड रहेको छ । जसमध्ये सात हजार मात्रै सरकारी अस्पतालमा उपलब्ध छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।