काठमाडौं–कोभिड–१९बाट संक्रमित भएका वैंक तथा वित्तीय संस्थाका कर्मचारीले मात्र विदा पाइरहेका बेला सरकारले निजामति कर्मचारीलाई पनि बिदा दिने तयारी गरेको छ । कोरोना संक्रमण भएपछि १४ दिन आइओसेसनमा बस्नु पर्ने भएकाले १४ दिन नै बिदा दिने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले १४ दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भए पछि लागू हुनेछ । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । त्यो बिदा प्रयाप्त नभए पछि कोरोना महामारीका लागि छुट्टै बिदा दिने प्रस्ताव गरेको हो । अहिले मुख्य सचिवसहित करि हजार बढी कर्मचारी कोरोना संक्रमित छन् ।
सरकारले सबै निजामती कर्मचारीको कोरोना बिमा गर्ने निर्णय गरेको थियो । सम्बन्धित कार्यालयले नै बिमा गर्न परिपत्र भए पनि कतिपय कार्यालयमा आफ्ना कर्मचारीको बिमा नगरेको पाइएको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले बताए ।