काठमाडौं– कोभिड–१९को औषधि तथा खोप पत्ता नलागे पछि विश्वका विकसित मुलुकमा कोरोनाको प्रकोप दोस्रो चरणमा प्रवेश गरेको छ । युरोपेली मुलुकहरुमा कोभिडको दोस्रो लहर आए पछि विभिन्न मुलुकले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् ।
स्पेनमा कोरोनाको संक्रमण बढेर निषेधाज्ञा लगाएपछि फ्रान्सले पनि लकडाउन गरेको छ । कोरोना संक्रमत तिब्र दरमा फैलिएपछि लकडाउन लगाएको फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले जनाएका छन् । उनका अनुसार नोभेम्बर महिना भरीका लागि लकडाउन गरिएको छ । सम्म रहने बताइएको छ ।
राष्ट्रपति म्याक्रोले देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन आग्रह गरेका छन् । फ्रान्समा एकै दिन ३३ हजार कोरोना संक्रमित भेटिएका थिए । कोरोना समुदाय स्तरमा पुगेकाले लकडाउन गर्नु परेको उनले बताए । फ्रान्समा अब घर बाहिर जान अनुमति लिनुपर्नेछ । बाहिरी भेटघाट रोकिएको छ । अत्यावश्यक सामग्री खरिद गर्नका लागि मात्र घर बाहिर जान पाइनेछ ।
विविसीका अनुसार स्पेनमा कोभिड संक्रमितको संख्या १० लाख नाघेपछि कफ्र्यु र संकटकाल लगाइएको छ । स्पेनमा करिब ३५ हजार जनाको कोभिडको कारण मृत्यु भएको छ । स्पेन सरकारले आपत्काल घोषणा गर्दै रातीमा कर्फ्यु लगाउन सुरु गरेको छ । संक्रमणको दर उच्च फैलिएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले यस्तो घोषणा गरेका हुन् ।
स्पेनमा कोरोनाको कारण शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य सङ्कट सृजना भएको बताइएको छ । त्यहाँको सरकारले मानिसहरूलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । कोभिडको दोस्रो लहर देखिएपछि त्यहाँको सरकारले सकर्तकता बढाएको छ ।
कोभिड–१९को प्रकोप घटेर जनजीवन सामान्यतर्फ उन्मुख हुने अपेक्षा गरिएको बेला केही मुलुकमा थप जटिलता देखिएको देखिएको छ । कोभिडको दोस्रो चरणको वेभ आएको छ ।
केही कोभिडका विरामीमा लामो समय देखिने दीर्घ कोभिडको लक्षण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विविसीलगायतका सञ्चार माध्यमका अनुसार आठ जना विरामी मध्ये एक जना विरामीमा दीर्घ कोभिडको लक्षण देखिएको हो ।
दीर्घ कोभिडमा चार सातासम्म विरामी परेका छन् । किङ्स कलेजका अनुसन्धानकर्ताहरूले यस्तो पत्ता लगाएका हुन् । अनुसन्धान समूहका अगुवा प्राध्यापक टिम स्पेक्टरका अनुसार दीर्घ कोभिडबाट ग्रसित हुनेहरूका बारेमा पनि सोच्नु पर्ने बेला आएको छ । कोभिड लक्षण समूहले गरेको अध्ययनको नतिजा गम्भीर देखिएको छ ।