पाँच दिनका लागि नाका बन्द

हुम्ला–कोभिड संक्रमण बढेपछि स्थानीय तहले फेरी कडाई गर्न थालेका छन् । हुम्लाको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि नाका बन्द गरेको छ ।

अन्य क्षेत्रबाट ताँजकोट आगमनमा प्रवेशमा रोक लगाएको गाउँपालिकाले जनाएको छ । कोरोनाको संक्रमण फैलिएर जनताको जीवन जोखिममा पर्न सक्ने भन्दै नाका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जनाएका छन् ।

गाउँपालिका बैठकले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच बन्द गर्ने निर्णय गरेको हो । (रासस)

प्रतिक्रिया