नेपालीको मन जित्ने चिनियाँ राजदूतको नयाँ तरिका (भिडियो सहित)

काठमाडौं–नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालीको मन जित्न विभिन्न तरिका अपनाउने गरेकी छिन् । विगतमा नेपाली गीतमा गुन्यूचोली लगाएर नाचेर चर्चामा आएकी राजदूत दसैंमा पनि फेरी प्रशंसा कमाएकी छिन् ।

नेपालीको सबैभन्दा ठूलो चाड विजया दशमीको अवसरमा चिनियाँ राजदूत यान्छीले नेपालीमा गीत गाएर सामाजिक सञ्जालमा सेयर गरेपछि उनको चर्चा चुलिएको छ । राजदूतले ‘रेशम फिरिरी’ गीत गाएर सामाजिक सञ्जालमा अपलोड गर्दै नेपालीहरुलाई विजयादशमीको शुभकामाना दिएकी छिन् ।
करिव सवा मिनेटको भिडियोमा राजदूतले आँफै गीत गाएकी छिन् । राजदूतले गीत गाएको भिडियो सेयर गर्दै ‘यसले सबैलाई शौभाग्य र खुसी ल्याओस’ लेखेकी छिन् । उनले नेपाली जनताको शुख, स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

भिडियोको सुरुवातमा हेप्पी दसैं लेखिएको छ । उनले यसअघि पनि नेपालका विभिन्न ठाउँमा पुगेर नेपाली कलासंस्कृति, पुरातात्विमक महत्वका क्षेत्रमा पुगेर फोटो राखेर प्रचार गर्ने गरेकी छिन् ।

Chinese Ambassador Hou Yanqi and her colleagues sing a Nepali song Resham Firiri. May this song bring good luck and happiness to all the Nepali friends!🙏🙏
चिनियाँ राजदूत हौ यानछि तथा सहकर्मीहरूले नेपाली गीत रेशम फिरिरि गाउनुभयो। यसले सबै नेपाली साथीहरूलाई शौभाग्य र खुशी ल्याओस् भन्ने म कामना गर्दछु!

Posted by Chinese Embassy in Nepal on Sunday, October 25, 2020

प्रतिक्रिया