आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य ८९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात शुक्रबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन १ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया