बिष्णु खत्रीको “रिनै रिनको” यो वर्षको उत्कृष्ट दशैं गीत, समाजको वास्तविकता गीतमा

नेपालीहरूको महान पर्व विजयादशमी सबैको घर आगनमा आउँदैछ ।

विजया दशमीलाई लक्षित गर्दै धेरै कलाकारहरुले गीतहरू सार्वजनिक गरि रहनु भएको छ । यो वर्ष करिब एक सय हाराहारीमा दशै विशेष गीतहरु सार्वजनिक भएका छन् । त्यो मध्ये धेरै दर्शक श्रोताले मन पराएको र नेपाली समाजको वास्तविकतालाई बोकेको बिष्णु खत्रीको गीत रिनै रीनलाई धेरै दर्शक श्रोताहरुले मन पराउनु भएको छ ।

विगत एक दशकभन्दा लामो समयदेखि दशै विशेष गीत सार्वजनिक गर्दै आउनुभएका खत्रीले यो वर्ष पनि समाजको वास्तविक आफ्नो गीतमा उतार्न भएको छ ।

अनि करिब एक महिना पहिला सार्वजनिक भएको उहाँको गीतलाई लाखौं श्रोताहरुले मन पराएका छन् । भने गीतले नेपाली समाजको वास्तविकता बोलेको दर्शक स्रोताले प्रतिक्रिया दिएका छन् । हरेक सिर्जना मार्फत सबैको मन जित्न सफल खत्रीले यो वर्षको दशैं गीतमा पनि आफू अब्बल सावित हुनुभएको छ ।

बिष्णु खत्रीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा बिष्णु खत्री र पूर्णकला विसिको आवाज रहेको छ । विदेशमा रहेका र नेपाल आउन नपाएका एकजना गरिब परिवारको कथालाई गीतमा उठाउन खोजिएको छ । यसले उठाएको कुरा लाखौ नेपालीहरु को वास्तविकता पनि हो, त्यसैले पनि यो गीतलाई धेरै दर्शकहरुले मनपराएका हुन् ।

धेरै दर्शक श्रोताले मन पराय पछि हामी संग कुरा गर्दै गायक खत्रीले आफूलाई दर्शक स्रोतबाट निरन्तर माया मिलिरहेको बताउँदै यसबाट हौसला प्राप्त भएको जानकारी दिनु भयो।

कोरोना महामारीले सबै क्षेत्र सुस्ताई रहेका बेला सांगीतिक क्षेत्र भने निकै तातेको छ ।

प्रतिक्रिया