काठमाडौं–कोभिडको संक्रमण तिब्र रुपमा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोरा संक्रमण देखिएको छ ।
मुलुकभर गरिएको १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण देखिएको छ । मुलुकमा संक्रमितकोे संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
मृतकको संख्या ८२९ जना पुगेको छ । १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।