बागलुङका सर्जक याम थापाको “तेल तुर्काउ” चर्चाको शिखरमा

थोरै सिर्जना तर स्तरीय सिर्जना गर्ने बागलुङका सर्जक याम थापा मगरको भर्खरमात्र सार्वजनिक भएको नयाँ गित तेल तुर्काऊ तुरुक्क चर्चाको शिखरमा पुगेको छ ।

सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल लगायत धेरै स्थानमा यो गीतको निकै चर्चा चुलिएको छ ।

गीतलाई याम थापा आफैंले लय तथा शब्द सिर्जना गरेका छन् भने संगीत संयोजन समेत उनैको रहेको छ । २ लाख पारिश्रमिक लिएर गाउने बिष्णु माझीको गीतमा सुमधुर आवाज रहेको छ । उनलाई आवाजमा आकाश महतले साथ दिएका छन् ।

गीतको म्युजिक भिडियो समेत अत्यन्तै उत्कृष्ट बनाइएको छ । त्यसै कारणले पनि गीत चर्चाको शिखरमा पुगेको हो । गीत सार्वजनिक भए पछि आर्थिक सन्देशसँग कुरागर्दै थापाले आफूलाई गीत सार्वजनिक भएपछि धेरै बाट राम्रो प्रतिक्रिया आएको र आफूलाई हौसला प्रदान गरेको बताउनुभयो । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने लक्ष्मी बर्देवा र जीवन भण्डारीको अभिनय रहेको छ ।

प्रतिक्रिया