एक लाखको हाराहारीमा सुनको मूल्य, चाँदीको कति

काठमाडौंं - पछिल्लो समय सुनको मूल्य बढ्दै गएको छ ।गत जेठको अन्तिमदेखि निरन्तर घटबढ भइ सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँसम्म झरेको थियो ।

तर, दशैंतिहार लगत्तै सुनको मूल्य दैनिक बढ्दै गएको देखिन्छ ।त्यस्तै, ५ महिनापछि पुनः सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ नाघेको छ । गत जेठको अन्तिममा सुनको मूल्य बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँसम्म कायम भएको थियो ।

त्यसपछि निरन्तर घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क छ ।त्यस्तै, अहिले ५ महिनापछि छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको थियो । बुधबार ३० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया