अग्रिम टिक नखुले पनि दशैमा यात्रुलाई सहज

कोरोना महामारी विच यो बर्षको दशैका लागी अग्रिम टिक बुकिङ नखुले पनि घर जाने यात्रुहरुका लागी भने असहज नभएको यातायात ब्यवसायीहरुले जनाएका छन ।

सरकारले विगतका वर्षमा जसरी दशै तिहारलाई अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएका कारण सबैले सहजै टिकट पाइरहेका छन ।

दशैँका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौँ उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा। लोकनाथ भुषालले बताउनुभयो । बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार आबश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उहाँले भन्नुभयो, “हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।” विगत वर्षमा झण्डै २० लाखले दशैँमा घर जाने गरे पनि यो वर्ष झण्डै चार÷पाँच लाख मात्रै जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया