पाँच दिन बैंक बन्द हुने

काठमाडौं–दसैंका लागि पैसाको जोहो गर्नु भएको छैन भने बैंकबाट पैसा निकाल्नुहोस् । किनकी विगतका वर्षजस्तो यो वर्ष बैंकका शाखा खुल्ने छैनन् । एटीएमबाट निकाल्ने सुविधा त छ । तर, बैंकहरु दसैंमा पाँच दिन बन्द हुने भएका छन् ।

कोभिड–१९को कारण नेपाल राष्ट्र बैंकको स्वीकृतिमा बैंकर्स संघले दसैं विदामा बैंकका शाखाहरु बन्द गर्ने निर्णय गरेको हो । विगतमा दसैंका बेला पनि बैंकहरुले सेवा दिन केही शाखा खोल्ने गरेका थिए ।
यो वर्षको दसैंमा कात्तिक ७ गतेदेखि ११ गतेसम्म शाखाहरु बन्द गर्ने निर्णय गरेको नेपाल बैंकर्स संघले जनाएको छ । संघले एक सूचना प्रकाशित गरी पाँच दिन सबै शाखा बन्द हुने भएकाले डिजिटल कारोबार गर्न आग्रह गरेको छ । बैंकहरुले एटीएम मार्फत भने सेवा दिने जनाएका छन् ।

प्रतिक्रिया