काठमाडौं–कोभिडको कारण मुलुकमा बेरोजगारी संकट गहिरिएको छ । यहाँ भएका उद्योग धन्दा, निजी क्षेत्रले मान्छे कटौती गरेका छन् । नयाँ रोजगारी सृजना भएको छैन । लामो समयदेखि वैदेशिक रोजगारी ठप्प छ । वैदेशिक रोजगारमा गएका रोजगारी गुमेपछि स्वदेश फर्किएका छन् ।
कोरोना महामारीका बीच विभिन्न ३२ मुलकबाट सोमबारसम्म १ लाख १४ हजार बढी नेपाली स्वदेश फर्किउका छन । कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सोमबारसम्म १ लाख १८ हजार १८ जना फर्किएको जनाएको छ ।
यो तथ्यांकमा स्थल मार्ग हुँदै फर्किनेको संख्या जोडिएको छैन । यसले थप समस्या सृजना हुन सक्ने अर्थशास्त्री बताएका छन् ।