काठमाडौं– संसदीय समितिमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध गम्भिर आरोप लगाउँदै तीन वटा उजुरी परेका छन् । अमेरिकाको राजदूतमा सरकारले सिफारिस गरेका खतिवडाको बारेमा संसदीय सुनुवाई समितिले आह्वान गरे पछि तीन उजुरी परेका थिए ।
संसदीय सुनुवाईपछि मात्र सरकारले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ । खतिवडामाथि क्यापिटल मर्चेन्ट बैंक लिमिटेडसँग जोडिएको अर्बौंको बैंकिङ घोटालामा हजारौं पीडित बनाएको आरोप छ । त्यसैगरी, खतिवडाले अधिकारको दुरुपयोग गरेको, अर्थमन्त्रालयमा काम गर्दा क्षेत्रीय नातावादमा नीतिगत भ्रष्टाचार गरेको पनि आरोप छ ।
चालु आर्थिक वर्षको बजेटमा कुनै व्यापारिक समूहको प्रभावमा चकलेट र विद्युतीय गाडीको आयात करमा नियतबस कर वृद्धि गरेको उजुरीमा आरोप रहेको छ । त्यसैगरी, एनसेलबारे राष्ट्रघात गरेको, अकुत सम्पति आर्जन गरेको लगायतका आरोप छ ।