काँग्रेसका सबै सांसदको दशै भत्ता सरकारलाई फिर्ता,अरुको कहिले गर्ने

सामाजिक सञ्जाल देखि चौतर्फित विरोध भए पछि सांसदको लागी प्रदान गरिएको दशै भत्ता फिर्ता गर्ने लहरनै चलेको छ । यसैक्रममा नेपाली काँग्रेसका सम्पुर्ण सांसदको दशै भत्ता फिर्ता गर्न पार्टीले निर्देशन दिएको छ ।

अहिले ब्यक्तिगत रुपमा धेरै धमाधम भत्ता फिर्ता गरिरहेका छन । कोरोना महामारीका विच जनता भोकै भइरहेको बेला भत्ता लिने भन्दै सबैले आलोचना गरेका थिए ।

पार्थी सभापती देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो । यो सँगै अन्य नेकपा सांसदहरुलाई समेत भत्ता फिर्ता गर्ने नैतिक दवाव भएको छ ।

प्रतिक्रिया