यहि कात्तिक ७ गते देखि विज्ञापन रहित टेलिभिजन प्रशारण (क्लिन फिड) लागु गर्न लागेको प्रति मिडियासँग सम्बन्धीत एसोसिएसनहरुले स्वागत गरेका छन ।
क्लिन फिडले नेपाली विज्ञापन बजारलाई ठुलो राहात पुग्ने भन्दै सरकारलाई आफुहरुको साथ रहेको र स्वागत योग्य निर्णय भएको बताएका छन । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ भएको अन्तरक्रिया कार्यक्रममा मिडिया मिडिया सोसाइटी नेपाल,ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान),सामुदायिक रेडियो प्रशारक संघ (एकोराव)ले आइतवार एक ज्ञापन पत्र बुझाउदै सरकारको कदमको स्वागत गरेका हुन ।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले आफुहरुले मिडियासँग सहकार्य गरेर अगाडी बड्न खोजेको बताउदै यस्ता अन्तरक्रियाले आफुलाई समस्याहरु पहिचान गर्न ठुलो मद्धत पुग्ने बताउनु भयो । साथै उहाँले कानुनीरुपमा पनि क्लिन फिड लागु गर्नुको विकल्प नरहेको बताउदै सबैले यो कदमलाई सहयोग गर्ने अपेक्षा ब्यक्त गर्नुभयो ।
मिडिया सोसाइटी नेपालले आयोजना गरेको सो कार्यक्रममा कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियाले मिडियाले आफु अफ्टेरो अबस्थामा हुँदा पनि जनतालाई सूचनाको पहुँचबाट नजिक राख्ने काम गरेको बताउनु भयो ।
ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपालका सचिव राजकुमार थापाले कम्पनी रजिष्टार कार्यालयमा अध्यावधि गर्न छुटेका रेडियोहरुलाई अध्यावधि गर्न जरिवाना छुट साथै समानुपाती विज्ञापन निति लागु गर्नु पर्ने बताउनु भयो । साथै उहाँले सरकारले विद्युत महसुलमा समेत रेडियोहरुलाई सहुलियत दिनु पर्ने धारणा राख्नु भयो ।
सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडाले नयाँ सञ्चारमन्त्रीले रेडियोको समस्या समाधानमा महत्वपुर्ण भुमिका खेल्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा मिडिया सोसाइटिका अध्यक्ष शुभशंकर कँडेलले नयाँ सञ्चारमन्त्रीबाट मिडियाहरु धेरै अपेक्षा राखेको र अपेक्षा राख्न अधिकार समेत रहेको बताउनु भयो । उहाँले मिडियाले बर्तमान अबस्थामा भोग्नु परेका समस्या समाधानमा सरकारले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।