कोरोना महामारी विच जनताले भोकभोकै चिसो रात काट्नु परिरहेका बेला बसि बसि तलव मात्र होइन दशैं भत्ता समेत लिए पछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको विषयलाई लिएर अहिले धेरैले आफ्नो धारणा राखिरहेका छन ।
यसै विच नेकपाका नेता तथा सांसद जर्नादन शर्माले दशै भत्ताको पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन । साथै उनले आफ्नो खातामा आएको रकम कालिकोटका आफ्ना पुर्व लडाकुलाई दिने समेत घोषणा गरेका छ ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै शर्माले कोरोना महामारीको समयमा सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने बताएका हुन् ।
कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनाैं । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पुर्ब जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।।
— Janardan Sharma (@JSPrabhakar) October 18, 2020