सरकारले यो बर्ष दशैमा घर जानेहरुका लागी अग्रिम दशैको टिकट बुकिङ नखोल्ने भएको छ ।
कोरोना महामारीका विच खोल्ने कि नखोल्ने अन्यौलै रहेको बेला नखुल्ने निश्चित भएको छ । अहिलै पनि पर्याप्त यात्रु नभएका कारण बुकिङ खोल्नु नपर्ने निष्कर्षमा सरकार पुगेको हो ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए ।